कालीगण्डकी स्याङ्जा–पोखरा सम्पर्क समाजको पुर्नमिलन कार्यक्रम
पाेखरा | भदौ १६, २०८१
पोखरा: कालीगण्डकी स्याङ्जा–पोखरा सम्पर्क समाजले हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
‘अनेकतामा एकता, स्याङ्जालीको विशेषता’ भन्ने नारासहित २०७६ सालदेखि क्रियाशिल समाजले दर खाने तथा पुर्नमिलन कार्यक्रमको सम्पन्न गरेको हो ।
उक्त कार्यक्रम तमु धिं नेपालमा आयोजना गरिएको सहसंयोजक राजन पाण्डेले जानकारी दिए ।
उनका अनुसार सो समाजमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थायी घर भई हाल पोखरामा रही विभिन्न पेशा व्यवसाय गर्ने व्यक्तिहरु समाजमा आबद्ध छन् ।
कार्यक्रम संयोजक टिका बहादुर झेडीले एकताको सुत्रमा गोलबन्द हुने लक्ष्यसहित सुरु भएको सो समाजले आफ्ना सदस्यहरुलाई समस्या पर्दा सहयोग गर्दै आएको बताए ।
‘हामीले यसरी नेपालीहरुको पर्वलाई विशेष कार्यक्रम गरी मनाउँदै आएका छौ, उनले भने, ‘यसले हामीलाई एकताको सुत्रमा बाँध्न सघाउ पुर्याएको छ ।’
नारीहरुको विशेष पर्व तीजलाई विशेष बनाउनका लागि समाजमा आवद्ध चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरिएको झेडीले बताए ।
समाजका अध्यक्ष जीवलाल न्यौपानकोको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा करिब १ सय ५० जनाको सहभागिता रहेको थियो ।
कालीगण्डकी स्याङ्जा–पोखरा सम्पर्क समाज सामाजिक क्षेत्रमासमेत क्रियाशिल रहेको छ ।

पोखरा: १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी त...
पोखरा: पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतिय...
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । ...

